८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पाँच दिनपछि महतोको परिवारले शव बुझे


221
Shares

सर्लाही । सर्लाहीको बयलबासमा ५ दिनअघि प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारले शुक्रबार शव बुझेको छ ।

बुधबार लालबन्दीमा भएको सहमति अनुसार बिहीबार मृतकका परिवार शव बुझ्न मलंगवा पुगे पनि त्यसै फर्किएका थिए । शुक्रबार भने मृतकका परिवारले शव बुझेर परम्पराअनुसार दाहसंस्कार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा मृतकका परिवारले जाहेरी दिहेर शव बुझेका हुन् । बयलवास बजारमा गएको मंगलबार दिउँसो ३ बजेदेखि नै निरन्तर निषेधाज्ञा जारी रहएकोमा शुक्रबार परिवारले शव बुझेका हुन् ।

बिहिवार मात्रै बयलवासमा घटनाबारे छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ । समितिलाई दुर्घटनाको सम्वन्धमा सत्य–तथ्य बुझेर अबिलम्ब प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

गत आइतबार राति ९ बजे ईश्वरपुर नगरपालिका–७, स्थित नगरपालिका कार्यालय नजिकै गस्तीमा रहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार ३० वर्षीय महतोको मृत्यु भएको थियो ।