१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


वडाध्यक्ष धामीकोे हत्यारालाई कारबाहीको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध


0
Shares

अछाम, माघ २२ । अछामको पन्चदेवल विनायक नगरपालिका वडा नम्बर–२ का वडा अध्यक्ष पदमबहादुर धामीकोे हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै अछाममा आन्दोलन सुरु भएको छ ।

अध्यक्ष पदमबहादुर धामीको शव हिजो विहान अनुहारमा चोट लागेको अवस्थामा गोठमा फेला परेको थियो । धामीको हत्या भएको दाबी गर्दे उनका आफन्तहरूले मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन् ।

विनायक बजार पनि बन्द छ । आफन्त तथा स्थानीयवासीले नगर क्षेत्रका सबै शैक्षिक संस्था र सरकारी कार्यालयहरू पनि बन्द गराएका छन् ।

पन्चदेवल बजारमा बिहानैदेखि टायर बालिएको छ । प्रहरीले घटनाको अनुसन्धान गर्न ढीलो गरेको भन्दै आफन्तले प्रहरीकै लापरबाहीका कारण घटनाका संलग्नहरू उम्किन सक्ने आरोप लगाएका छन् ।