१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


कर्णाली करिडोरको काम अघि बढाउन समितिको निर्देशन, सेनाले गरेको काम वैज्ञानिक र सहज हुने


0
Shares

काठमाडौं, माघ २२ । प्रतिनिधसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले कर्णाली करिडोरकोे कामलाई तत्काल अघि वढाउन सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले करिडोर निर्माणका लागि नेपाली सेनाले दिएको रेखाङ्कन वैज्ञानिक र सहज हुने निष्कर्ष निकाल्दै उचित निर्णयमा पुग्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागलाई निर्देशन दिएको हो ।

समितिले सेनाको रेखाङ्कन साडे चार किलोमिटर छोटो हुने भएकाले मन्त्रालयलाई यसको सम्भाव्यताबारे अध्ययन गर्न निर्देशन दिएको छ । 

समितिका सभापति कल्याणी खड्काले कर्णाली करिडोर लगायत देशका अन्य सडकहरुको मापदण्ड भौगोलिक अवस्थिति अनुसार बनाउन पनि मन्त्रालयको ध्यानाकर्षण गराइन् । 

समितिले अर्को बैठकमा निर्माणाधीन सडकका जटिलता सम्बन्धमा मन्त्रालयका पदाधिकारीहरुसंग छलफल गर्ने भएको छ ।