१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


धानको बीउँमा ठगिएका किसानहरु प्रदर्शनमा


0
Shares

कैलाली, माघ २२ । गरिमा र सिधुरी जातको धानको बीउँमा ठगिएका किसानहरुले कैलाली सदरमुकाम धनगढीमा प्रदर्शन गरेका छन् ।

कैलाली र कञ्चनपुरमा ती जातका धान लगाएका किसानलाई ठूलो नोक्सान परेको भए पनि किसानले अझै क्षतिपूर्ति पाएका छैनन् ।

पीडितहरुले धनगढीस्थित प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।

उनीहरुले ६ करोडको नोक्सान परेको दाबी समेत गरेका छन् । सुदुरपश्चिम प्रदेश सरकारले पीडित किसानको डाटा संकलन गर्ने काम सकिएकाले अब छिट्टै क्षतिपूर्तिका लागि पहल गर्ने आश्वासन दिएको छ ।