१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


‘ए’ डिभिजन लिग : आज एक खेल हुँदै

मछिन्द्रलाई पुलिसविरुद्ध जित्नैपर्ने दबाब

169
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सातौं चरणअन्तर्गत आज (आइतबार) एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो पौने ५ बजे हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आज दुवै टिम तीन अंक जोड्ने योजनामा हुने छन् । एएफसी कप छनोट खेल्नका लागि मछिन्द्रलाई पुलिसविरुद्ध जित्नैपर्ने दबाब छ । पुलिससँग हार वा बराबरीमा रोकिएमा मनाङ एएफसी कपका लागि छनोट हुनेछ । पुलिस भने आज मछिन्द्रलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

मछिन्द्र ६ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यस्तै, पुलिस ६ खेलमा ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।