
बारा । नेपाली नागरिकता लिएका भारतीयहरुको हैकम बढ्न थालेपछि बाराका स्थानीयले भारतीय नागरिकको नेपाली नागरिकता रद्द गर्न माग गर्दै जिल्ला प्रशासनमा उजुरी दिन थालेका छन् ।
२०६३ सालमा नागरिकता बाँड्ने क्रममा आफूहरुकै सिफारिसमा नागरिकता लिएका भारतीयहरुको अनावश्यक प्रभाव बढ्न थालेपछि उनीहरुले नागरिकता छानविनका लागि उजुरी दिन थालेका हुन ।
नेपाली नागरिकता लिएका सीमावर्ती क्षेत्रका भारतीयहरुले लेनदेन र जग्गा जमिनमा विवाद झिक्न थालेपछि रैथाने नेपालीहरुले उजुरी दिने क्रम बढेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । नागरिकताका लागि सिफारिस गर्नेहरुबाटै उजुरी परेपछि छानबिनको प्रक्रिया अघि बढाएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुबालले बताउनुभएको छ ।
२०६२/०६३ सालको जनआन्दोलन तराईका जिल्लाहरुमा नागरिकता वितरण गर्दा अधिकांश भारतीयले नागरिकता लिएको भन्दै अहिले प्रदेश २ का जिल्ला प्रशासन कार्यालयहरुमा उजुरी दिन प्रतिदिन बढ्दै गईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्