२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


गाउँपालिकाद्वारा निःशुल्क पानी ट्यांकी वितरण


260
Shares

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पानीको समस्या रहेको क्षेत्रमा निःशुल्क पानी ट्यांकी वितरण गरेको छ ।

वडा नम्बर–५ को वडा कार्यालयले पानीको समस्या रहेको क्षेत्रमा आर्थिक वर्ष ०७८/०७९ को कार्यक्रम अनुसार करिब ३ सय घर परिवारलाई ५ सय लिटरको निःशुल्क पानी ट्यांकी वितरण गरेको गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिनुभयो ।

साथै सोही वडाका अन्य ७ सय घरपरिवारलाई पनि यस आर्थिक वर्षमा पानी ट्यांकी वितरण कार्यक्रम पु¥याइने गाउँपालिका अध्यक्ष पोखरेलले बताउनु भयो ।

यसले कुवाको पानी बोकेर घरमा ल्याएर राख्न र तरकारी खेती गर्नको लागि केही भएपनि सहज हुने स्थानीयको भनाई छ ।