१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वसम्मतिमा नेतृत्व चयन गर्नुपर्नेमा माओवादी केन्द्रका प्रतिनिधिको जोड

चुनावले पार्टी कार्यकर्तामा विभाजन ल्याउने तर्क

52
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड दिएका छन् ।

नयाँ नेतृत्व चयनका लागि बन्दसत्रमा छलफल चलिरहेको समयमा प्रतिनिधिहरुले सर्वसम्मत नेतृत्व चयनका लागि जोड दिएका हुन् ।

पुस ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र कमलादीमा चलिरहेको छ । नेतृत्व चयनका लागि निर्वाचन समितिले कार्यतालिका प्रकाशित गरेपनि कार्यतालिका प्रक्रिया रोकेर सहमतिका लागि छलफल अगाडी बढाइएको छ ।

चुनावी प्रक्रियाबाट सिंगो केन्द्रीय कमिटी र पार्टी नेतृत्वको चयन गर्नुपर्ने मत बन्दसत्रमा उठेको भएपनि धेरै प्रतिनिधिले पार्टीलाई सुदृढ र एकतावद्ध बनाउनका लागि सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।

पार्टीलाई बलियो बनाउन चुनावको विकल्प खोज्नुपर्ने अधिकांश प्रतिनिधिको जोड छ ।