२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माओवादीको निर्वाचन तालिका फेरि संशोधन, सोमबार बिहान ८ बजेदेखि मतदान


156
Shares

काठमाडौं, पुष १८ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन तालिका पुनः संशोधन भएको छ ।

माओवादी केन्द्रको निर्वाचन समितिले संशोधनसहित निर्वाचन तालिका अनुसार आइतबार तेस्रो पटक तालिका संशोधन गरेको हो ।

माओवादी केन्द्रले शनिबार नै चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरेकोमा संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो । तर अहिले फेरि अर्को तालिका सार्वजनिक गर्दै दिउँसो ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ ।

मतदान सोमबार बिहान ८ बजेदेखि हुने कार्यतालिकामा तोकिएको छ ।