१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेसले बोलायो भोलि बैठक

राष्ट्रिय सभा निर्वाचनवारे छलफल हुने

260
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक भोलि बस्ने भएको छ ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सोमवार दिउँसो २ः ०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको उल्लेख छ । मुख्यसचिव पौडेलले विज्ञप्तिमा उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको जानकारी गराउनु भएको छ ।

बैठकमा राष्ट्रिय सभाको निर्वाचन,उम्मेदवार छनोट लगायतका विषयमा छलफल हुने कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट एक नेताले इमेजखबरलाई जानकारी दिए । राष्ट्रिय सभामा आगामी फागुन २० मा राष्ट्रपतिबाट मनोनित १ सहित २० जना सांसदको कार्यकाल सकिदैछ । राष्ट्रपतिबाट मनोनित बाहेक १९ सिटका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले उम्मेदवारको मनोनयन भने यहि पुस २० गते हुनेगरी कार्यतालिका सार्वजनिक गरेको छ । अहिलेसम्म प्रमुख राजनीतिक दलहरुले कसलाई उम्मेदवार बनाउने भनेर नाम टुंग्याएका छैनन् । कांग्रेस सहित सत्ता गठबन्धनमा रहेका दलहरुले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने बताउँदै आएका छन् ।