८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पाल्पामा बस दुर्घटना : ५ जनाको पहिचान खुल्यो (अपडेट)


1.82k
Shares

पाल्पा, पुष १८ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर–२ लगुवामा भएको बस दुर्घटनामा मृत्यु भएका सातमध्ये पाँच जनाको सनाखत भएको छ ।

अन्य दुई जनाको पहिचान हुन सकेको छैन । घटनामा १५ जना घाइते भएका छन् । बुटवलबाट शव बोकेर पाल्पाको रिडीमा अत्येष्टीका लागि हिँडेका मलामी चढेको बस दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा पशुपति रसाली, खुमबहादुर राना, विजय थापाक्षेत्री, भोजेन्द्र विक, र शंकर विक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

घाइतेमध्ये ९ जनाको लुम्बनी मेडिकल कलेज, प्रभास र ६ जनाको मिसन अस्पतालमा उपचार भइरहेको छ । साघुरो, घुम्ती रहेको सडक किनारका डिभाइडर भत्काउदै बस तल खसेको थियो । तराई क्षेत्रमा गाडी चलाउने चालकलाई पहाडी बाटोमा अनुभव नभएकोले दुर्घटना भएको अनुमान गरिएको छ ।

प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।