
काठमाडौं, पुष १८ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न नहुनेभन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
प्रदर्शनमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले एमसीसी संसदमा पुगेपछि पारित हुने सम्भावना रहेकाले संसदमै लैजान दिनु नहुने बताउनुभयो ।
उहाँले सम्झौतामार्फत् दिने भनिएको रकम एनसेलको कर उठाउँदा जम्मा हुने भन्दै रकमभन्दा पनि परिणाम घातक रहेको जिकिर गर्नुभयो । गजुरेलले अमेरिका नेपालमा आइसकेपछि पछि नहट्ने र रणनीतिक महत्वका ठाउँहरुमा आफ्नो अखडा खडा गर्ने भएकोले एमसीसी पारित गर्न नहुने बताउनुभयो ।
चीनसँग लड्नका लागि अमेरिकाले नेपाललाई अखडा बनाउन एमसीसी सम्झौंताका लागि दवाव दिएकाले विरोध गर्नु परेको उहाँको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्