२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


मूर्तिलाई नढोग्नेहरुले ‘आई लभ यू केपी बा’ : अध्यक्ष नेपाल


1.833k
Shares

काठमाडौं, पुष १८ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मूर्तिलाई नढोग्नेहरुले ‘आई लभ यू केपी बा’ भनिरहेको टिप्पणी गर्नु भएको छ ।

आइतबार सुनसरीको इटहरीमा आयोजित अनेरास्ववियू प्रदेश १ को अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले मूर्तिलाई नढोग्नेहरुले आई लभ यू केपी बा भनिरहेको बताउनु भएको हो । उहाँले व्यक्तिको देवत्वकरण भइसकेपछि त्यो व्यक्तिले आफूलाई देवता ठान्ने भन्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दम्भ र निरंकुशताको प्रवृत्ति देखाएको जिकिर गर्नुभयो । १५ वर्षसम्म आफ्नो मातहतमा रहेकाले नै आफ्नो निवेदन र आग्रह नसुनेको उहाँको गुनासो थियो ।

अध्यक्ष नेपालले स्वतन्त्र चिन्तनहरु, राष्ट्रको गरिमालाई माथि उठाउन चाहने व्यक्तिहरुको कुरा नसुन्दा एमालेमा अहिलेको अवस्था आएको बताउनुभयो ।