
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको नामावली घोषणा गर्नुभएको छ ।
माओवादीको काठमाडौंमा जारी आठौं महाधिवेशनको आजको बन्दसत्रमा अध्यक्ष दाहालले १ सय २५ समानुपातिक र १सय ११ जना खुला केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएको हो । माओवादीको विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ गरी २ सय ९९ केन्द्रीय सदस्य हुनेछन् ।
दाहालले घोषणा गर्नुभएको नाम बन्दसत्रले अनुमोदन गरेमा २ सय ३६ जना केन्द्रीय सदस्य बन्नेछन भने बाँकी मनोनित हुनेछन् । माओवादीको महाधिवेशन पुस ११ गतेबाट काठमाडौंको कमलादी स्थित प्रज्ञा भवनमा सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्