
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र नेपाल वायु सेवा निगमबीच सम्झौता भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच प्राधिकरणका कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो (सामान ढुवानी) गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै जहाज प्रयोग गर्ने उल्लेख गरिएको छ । मन्त्री आलेले निगम र प्राधिकरणको कुशल नेतृत्वले सो सम्झौता गरेर प्रशंसनीय कार्य गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफूहरूको सो प्रस्ताव सहर्ष स्वीकार गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणको नेतृत्वलाई धन्यवाद दिनुभएको थियो ।
यता, प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले सम्झौतामा उल्लेखित गरिएका विषय अक्षरशः पालना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमलाई उकास्न पनि प्राधिकरणसँग गरिएको सो सम्झौताले सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्