३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


माघ १३ र १४ गते तिलोत्तमा व्यापार महोत्सव हुने


65
Shares

बुटवल, पुष १९ । रुपन्देहीको तिलोत्तमा बृहत्त व्यापार महोत्सव हुने भएको छ ।

रुपन्देही चेम्बर अफ कमर्सले व्यापार महोत्सव सञ्चालन गर्ने भएको हो ।

व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगार सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार भन्ने नारासहित तिलोत्तमा औधोगिक कृषि पर्यटन तथा व्यापार महोत्सव २०७८ हुन लागेको हो ।

कमर्सले सोमबार पत्रकार सम्मेलन गर्दै माघ १३ गतेदेखि २४ गतेसम्म मेला सञ्चालन हुने जनाएको छ ।

कमर्सका अध्यक्ष बाबुलाल भुसालले यस्ता महोत्सवले उत्पादक तथा उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क गराउन सहयोग गर्ने बताउनुभयो ।

वैदेशिक लगानीका सम्भावना पहिचान गरी त्यसका लागि आवश्यक वातावरणको निर्माण गर्ने, स्थानीय उत्पादनमा गुणात्मक सुधारगरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने लगायतका उद्देश्य व्यापार मेलाबाट राखिएको छ ।

मेलामा १० करोड रुपैयाँ बराबरको कारोबार हुने र २ लाखले अवलोकन गर्ने आयोजकले जनाएको छ ।