२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


कुकुरले हात खाएको अवस्थामा नवजात शिशुको शव भेटियाे


741
Shares

सोलुखुम्बु । जिल्लाको देउसामा एक नवजात शिशुको शव फेला परेको छ ।

थुलुङ दूधकोशी गाउँपालिका–८ बुढीडाँडाको देल्चब भन्ने स्थानमा बाँसको झ्याङमा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

रातको समयमा शव फलिएको हुन सक्ने आशङ्का गरिएको छ । करिब दुई/तीन दिन अघि जन्माएर छोडेको जस्तो देखिने शव कुकुरले हात खाएको अवस्थामा स्थानीयले घाँस काट्न जाने क्रममा फेला पारेका हुन् ।

घटनास्थलमा प्रहरी पुगेर निरीक्षण गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरी टोलीले शवको कानुनी प्रक्रिया पूरा गरी पोष्ट मार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।

सोधपुछको क्रममा आसपासमा सुत्केरी भएर बच्चा नभएका कोही पनि नभेटिएकाले टाढैबाट ल्याएर छोडेको हुनसक्ने प्रहरीको अनुमान छ ।