७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


राष्ट्रियसभा सदस्यका लागि कांग्रेसका टुंग्यायाे ६ उम्मेदवार


1.547k
Shares

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि पार्टीबाट चुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ ।

सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

जसअनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार रहने निश्चित भएको छ ।

उम्मेदवारमध्ये पन्त पार्टीको हालै भएको महाधिवेशनमा सहमहामन्त्री पराजित हुनुभएको थियो ।

यस्तै मिश्र सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित हुनुभएको थियो भने बस्नेतलाई तत्कालीन समयमा राष्ट्रपतिले मनोनयन गर्ने सिटमा सिफारिस भएर पनि राष्ट्रियसभा सदस्य बन्न पाउनुभएको थिएन ।

अहिले फेरि सभापति शेरबहादुर देउवाले उहाँलाई उम्मेदवारको रूपमा अघि सार्नुभएको छ ।