२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रियसभा निर्वाचनका लागि एकीकृत समाजवादीले टुंग्यायो उम्मेदवारको सूची


2.197k
Shares

काठमाडौं । माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवारको टुंगो लगाएको छ ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले पाँच उम्मेदवार छनोट गरेको हो प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

बैठकले प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशमा राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा र सदूरपश्चिमबाट मदनकुमार (गरिमा) शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।