१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


थपिए ३२६ संक्रमित, २ को मृत्यु, २५५ जना संक्रमणमुक्त


182
Shares

काठमाडौं, पुष १९ । नेपालमा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ७ सय जनामा गरिएको पीसीआर परीक्षणमा २९१ र २ हजार ७९८ एन्टीजेन परीक्षणमा ३५ गरी ३२६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ ।

सोमबार २५५ जना संक्रमणमुक्त भएका छन् ।

यसैगरी, देशभर हालसम्म ५ हजार पाँच जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।