
काठमाडौं, पुष १९ । सरकारले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई अतिरिक्त खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाली ६० वर्षमाथि र रोग प्रतिरक्षा प्रणाली कम भएका व्यक्तिलाई एक डोज अतिरिक्त खोप दिने जनाएको हो ।
भेरोसेल खोपको पूर्ण मात्रा लगाएको ३ महिना पुगेका ६० वर्ष र सो भन्दा माथि उमेर समूहका व्यक्ति र अन्यमा भने जुन खोप लगाएको हो सोही खोपको एक मात्रा दिने निर्णय भएको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिनुभयो ।
जसमा मध्यम तथा गम्भिर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर रोगी, अङ् प्रत्यारोपण गरेका बिरामी छन् । यस्तै एचआईभी भएका, रोगप्रतिरोधात्मक क्षमता कम गराउने औषधी सेवन गरिरहेका बिरामीलाई समेत अतिरिक्त डोज खोप दिने जनाइएको छ ।
मन्त्रालयले यसलाई बुस्टर डोज खोप भने भनेको छैन् । छिमेकी देश भारतमा कोरोनाको नयाँ ओमिक्रोन संक्रमण बढ्न थालेसँगै सरकारले अतिरिक्त खोप दिने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्