१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वैदेशिक लगानीको वातावरण निर्माणमा सरकार प्रतिवद्ध : अर्थमन्त्री शर्मा


104
Shares

काठमाडौं, पुष १९ । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा वैदेशिक लगानी आवश्यक रहेको भन्दै लगानीको वातावरण निर्माणका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

लगानी बोर्डको कार्यालयमा लगानीकर्ताहरूसँगको छलफलमा उहाँले लगानी सम्बन्धी केही समस्या भए समयै आफुलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो ।

आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्नु् र घाटा हुनु हो भन्दै उहाँले आयोजनामा भएका समस्याहरू समयमै जानकारी गराउन आग्रह गर्नुभएको हो ।

सरकारले उचित सेवा सुविधाको व्यवस्था गर्ने आश्वासन समेत अर्थमन्त्री शर्माले दिनुभयो ।

लगानी बोर्डको उपाध्यक्ष समेत रहनुभएका मन्त्री शर्माले आयोजनाका समस्या समाधानका उपायसहित टिपोट बनाएर दिन बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टलाई निर्देशन पनि दिनुभयो ।