७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


माओवादी केन्द्रले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार, क–कसले पाए टिकट ?


507
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको भागमा परेको ५ सिटमा उम्मेदवार टुंगो लगाएका हुन् ।

माओवादी केन्द्रले प्रदेश २ महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगमा सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्कीलाई उम्मेदवार चयन गरेको हो ।

माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

यही माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

राष्ट्रिय सभामा आगामी फागुन २० गतेबाट विभिन्न राजनीतिक दलबाट निर्वाचित १९ जना र राष्ट्रपतिबाट मनोनित १ जना गरी २० जना सदस्यको कार्यकाल सकिदैछ ।