१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा ट्याक्टर पल्टिँदा दुईको घटनास्थलमै मृत्यु, चार घाइते


156
Shares

कपिलवस्तु । कपिल्वस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाईमा ट्याक्टर पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

बालुवा लोड गर्न हिँडेको ट्याक्टर आज बिहान सडकबाट झण्डै ५ मिटर तल खस्दा स्थानीय ४८ वर्षीया शिवकुमारी थारु र १६ वर्षीया किशोरी फुल कुमारी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

यसैगरी, दुर्घटनामा बलराम सुनार, कृष्ण विक, सरिता थारु र सीमा थारु घाइते भएका छन् । उनीहरुमध्ये बलरामको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले बताउनु भयो ।

यस घटनाको थप अनुसन्धान भई रहेको छ ।