
पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट नेकपा एमालेका ३ जना उम्मेदवारले निर्वाचन कार्यालयमा उमेदवारी दर्ता गरेका छन् ।
कास्कीका पुण्यप्रसाद पौडेल, नवलपुरकी लीला थनेत र स्याङ्जाका अर्जुन कुमार सुनामलाई एमालेले उम्मेदवार दर्ता गरेको निर्वाचन कार्यालय गण्डकी प्रदेश पोखराका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।
माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार मनोनयनको कार्यक्रम अनुसार एमालेले कास्कीका पौडेललाई खुलातर्फ, नवलपुरकी थनेतलाई महिलातर्फ र स्याङजाका नेपालीलाई दलिततर्फ उम्मेदवार दिएको हो ।
प्रतिक्रिया दिनुहोस्