
काठमाडौं । म्याग्दीमा निर्माणाधीन घरको तीन तला माथिबाट खसेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान बस्ने ३४ वर्षीय कृष्ण पुनको सोमबार दिउँसो मृत्यु भएको हो ।
बेनी नगरपालिका–७ मंगलाघाटस्थित हिरा भण्डारीको निर्माणाधीन घरमा काम गर्ने क्रममा पुन: अचानक खसेका थिए ।
तीन तलाबाट खसेर गम्भीर घाइते भएका पुनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्