८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पाँच राष्ट्र परमाणु हतियारको विस्तार अन्त्य गर्न सहमत


1.183k
Shares

एजेन्सी । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा आवद्ध पाँच स्थायी शक्ति राष्ट्रले परमाणु हतियारको विस्तार अन्त्य गर्नुपर्नेमा सहमति जुटाएका छन् ।

अमेरिका, बेलायत, चीन, रुस र फ्रान्सले परमाणु हतियारको उत्पादन र परमाणु युद्धको सम्भावनाको अन्त्यका लागि पहल गर्नुपर्नेमा जोड दिएका हुन् ।

रुसका तर्फबाट जारी गरिएको पाँच देशको संयुक्त विज्ञप्तिमा पारमाणिक हतियार उत्पादन र रणनीतिक जोखिम गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिइएको जनाइएको छ ।

यसका साथै विश्वमा सुरक्षाको अवस्था मजबुद बनाइराख्न सबै मिलेर काम गर्नुपर्ने बताइएको छ । परमाणु हतियार प्रयोगको परिणाम र असर लामो समयसम्म रहने भन्दै देशको आत्मरक्षा, तनाव कम गर्न र युद्ध रोक्ने उद्देश्यले मात्र प्रयोग गर्ने पर्नेमा यी देशहरुले सुझाव दिएका छन् ।

चीनका उपविदेश मन्त्री मा जाओक्सुले संयुक्त प्रयाुले आपसी विश्वस बढाउन मद्दत गर्ने र समन्वय–सहयोगका साथ ठुला शक्ति राष्ट्रहरुबीचको प्रतिष्पर्धामा परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरेका छन् । चीनले परमाणु हतियारलाई लिएर नो फस्र्ट यूजको नीति अबलम्बन गरेको छ ।

फ्रान्सले पनि विज्ञप्ति जारी गर्दै पाँचै देशले हतियार नियन्त्रण र निशस्त्रीकरणको लागि आफ्नो दृढ संकल्प दोहो¥याएको छ । यसका लागि द्धिपक्षीय र बहुपक्षीय प्रयासहरु जारी रहनुपर्नेमा जोड दिएको बीबीसीले जनाएको छ ।