
तस्बिर फाइल
काठमाडौं । नेपालमा एकै दिन ३ लाख भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
कोरोनाको संक्रमणबाट बच्न र यसको प्रभावलाई कम गर्नका लागि पछिल्लो २४ घण्टामा ३ लाख १६ हजार ७ सय ७४ जनालाई खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै अहिलेसम्म कुल जनसंख्याको ३५ प्रतिशत नागरिकलाई पूर्ण खोप दिइएको छ । एक मात्रा मात्र खोप भने ४७ प्रतिशतले लगाइसकेका छन् ।
खोप लगाउने क्रमलाई तीव्रता दिएसँग कोरोनाको संक्रमितको संख्या पनि कम भइरहेको छ । मंगलबार ९ हजार ३ सय २९ जनामा गरिएको परीक्षणमा ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ ।
एकैदिन २ सय ६३ जना संक्रमणमुक्त हुँदा कोरोनाकै कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।
देशभर ५ हजार ९४ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्