२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशमा ६ जनाको उमेदवारी


325
Shares

पोखरा, पुष २० । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा तीन पदका लागि ६ जनाको उमेदवारी परेको छ ।

मंगलबार गण्डकी प्रदेशमा सत्ता गठबन्धन र एमालेका गरी ६ जनाको उमेदवारी दर्ता भएको हो ।

माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका कमला पन्त, माओवादीका सुरेश आले मगर र भुवन सुनारले मनोनयन दर्ता गराएका छन ।

एमालेबाट स्याङ्जाका अर्जुनकुमार सुनाम, कास्कीका पुण्यप्रसाद पौडेल र महिलामा नवलपुरकी लीला थनेतले मनोनयन दर्ता गराएका हुन ।

लोकतन्त्रको रक्षाका लागी सत्ता गठबन्धनबाट आफु साझा उमेदवार रहेको कमला पन्तले बताउनुभयो ।

त्यस्तै, एमालेबाट उमेदवार पुण्यप्रसाद पौडेलले जितनका लागी नै उमेदवारी दिएको बताउनुभयो ।

राष्ट्रिय सभा चुनावमा राप्रपाबाट उमेदवार छनोट भएको छैन् । त्यसबाहेक गठबन्धनको मतभार एमालेको भन्दाबढी हुने अनुमान छ ।

गण्डकीमा एमालेभन्दा गठबन्धन निकै बलियो देखिन्छ । यसअघि भने बाम गठबन्धन एकातिर हुँदा कांग्रेस एक्लै परेको थियो ।