१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जर्तीको मापदण्ड तय गर्न सुनचाँदी व्यवसायीको माग


143
Shares

काठमाडौं, पुष २० । सुनचाँदी व्यवसायीले जर्तीको मापदण्ड तय गर्न माग गरेका छन् ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघले जर्तीमा १० प्रतिशतको एकरुपता कायम गर्न माग गरेको हो ।

अहिले यस सम्वन्धी ठोस ब्यवस्था नहुँदा फरक–फरक दर कायम हुँदै आएको छ । जर्ती जस्तो बिषयमा ब्यवसायीले आफूखुशी सिमा निर्धारण गर्दा एउटै सामानको पसलपिच्छे फरक मूल्य कायम हुन पुगेको उसको भनाइ छ ।

जर्तीमा एकरुपता गर्दा सरकारी राजस्वमा समेत योगदान पुग्ने महासंघको दाबी छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेटी आर्थिक नियमावलीमा सुनचाँदीका मुद्धा समावेस गर्न माग गरेको हो ।

सुनचाँदी जस्तो वहुमुल्य धातुको कारोवारमा नगद करोबारको सिमा ५० हजार अत्यन्त न्यून भएको भन्दै यसलाई १० लाख पुर्याउन र लेखा परीक्षण सम्वन्धी ब्यवस्थामा एकरुपमा हुनुपर्नेमा पनि महासंघले सरकारको ध्यानाकर्षण गरेको छ ।