२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


चालक र सह–चालकलाई निःशुल्क स्वास्थ्य परिक्षण


403
Shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको बस पार्कमा चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको संयुक्त आयोजना तथा अर्घाखाँची अस्पताल र आँखा अस्पताल अर्घाखाँचीको सहकार्यमा चालक र सह–चालकहरुले निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

दुर्घटना न्यूनीकरणको लागि लामो तथा छोटो दुरीमा गुडने विभिन्न सवारीचालक र सह–चालकलाई स्वास्थ्य शिविर राखेर निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले जानकारी दिनुभयो ।

आँखाको कमजोरीका कारण हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरी कार्यालयले आँखा समेत जाँच गरिदिएको ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रविन आचार्यले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा १ सय ४१ चालक तथा सहचालकले आँखा तथा शरीरको स्वास्थ्य जाँच गराएका छन् ।