२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एकीकृत रणनीति तय गर्ने उद्योग मन्त्रालयको तयारी, निर्यात वृद्धिका लागि सुझाव माग


65
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्दै आउनुभएकाे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल व्यापार एकीकृत रणनीति तय गर्ने भएको छ ।

निर्यात वृद्धिका लागि अपनाउन सकिने उपायबारे मन्त्रालयले सरोकारवाला निकायसँग सुझाव संकलन गर्ने भएको हो ।

निर्यातका सम्भावना भएका के कस्ता वस्तु तथा सेवाहरू समेट्नुपर्छ, त्यस्ता वस्तु वा सेवाको निर्यात प्रवर्द्धन गर्न लिनुपर्ने रणनीति तथा कार्यनीतिका बारेमा ठोस सुझाव उपलब्ध गराइदिन मन्त्रालयले आग्रह गरेको छ ।

आयात वृद्धिले देशको विदेशी मुद्रा सञ्चितीमा प्रभाव पारेको भन्दै मन्त्रालयले संघीयता समावेशीकरण र गरिबका लागि बजार व्यापार लजिस्टिक्स विकास तथा व्यापार सहजीकरण लगायत विषयमा सुझाव मागेको जनाएको छ ।

यस्तै गणस्तरीय पूर्वाधारहरू व्यापार तथा लगानी सहजीकरणका लागि लगानी, वस्तु विकास तथा प्रवर्द्धन वस्तु व्यापार र वस्तु विकास तथा प्रवर्द्धन सेवा व्यापार विषयमा सुझाव माग गरेको छ ।