
अर्घाखाँची, पुष २१ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको संयुक्त आयोजनामा चालक र सह-चालकहरुको नि:शुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।
सवारी दुर्घटना न्युनिकरणका लागि टेवा पुग्ने उद्देश्यका साथ सचेतना कार्यक्रमसहित शिविर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।
सन्धिखर्क नगरपालिकाको बसपार्कमा भएको शिविरमा १ सय ४१ जना चालक र सह–चालकहरुले स्वास्थ्य परीक्षण गराएका छन् । मुख्यतया लामो तथा छोटो दूरीका सवारी चालकहरुलाई समय अभावका कारण नियमित स्वास्थ्य परीक्षणमा समस्या देखिएकाले संयुक्त आयोजनामा शिविर राखिएको ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्