२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


काभ्रेमा एमाले जिल्ला अधिवेशनका लागि तयारी पुरा


715
Shares

काभ्रे, पुष २१ । नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ ।

बनेपास्थित जिल्ला पार्टी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरि यहि पौष २३ गते हुने अधिवेशनको तयारी सकिएको जानकारी दिइएको छ ।

अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । अधिवेशनमा ३० हजारभन्दा बढीको उपस्थिती रहने प्रचारप्रसार उप–समिति संयोजक इन्द्र तामाङले जानकारी दिनुभयो ।

एमालेले अधिवेशनका लागि जिल्लामा नै पहिलोपटक हाइटेक प्रविधि भित्र्याइएको छ । प्रतिनिधि कार्डमा क्युआर कोड अंकित छ भने मतदान गर्न विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक ब्यञ्जुले जानकारी दिनुभयो ।

अधिवेशनका लागि १ हजार ३ सय ५० प्रतिनिधि छानिएका छन् । अधिवेशनको बन्द सत्रबाट १ सय ५ सदस्यीय जिल्ला कमिटी निर्माण हुनेछ । नयाँ नेतृत्वका लागि सर्वसम्मतीको प्रयास भइरहेको नेताहरुले जनाएका छन् ।

यसैबिच धुलिखेलका होटल व्यवसायीले अधिवेशन अवधिभर होटलमा लाग्ने दस्तुरमा २५ प्रतिशत छुट दिने निर्णय गरेका छन् ।