अर्घाखाँची, माघ २४ । सनातन बैदिक धर्म संस्कृति रक्षाका लागि भन्दै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा र्याली आयोजना गरिएको छ ।
हिन्दुधर्म रक्षा परिषद्ले बाजागाजासहित आयोजना गरेको र्यालीले बजार परिक्रम गरेको थियो । हिन्दू जागरण युवा स्वयंसेवकमा आबद्ध भएकाहरुलाई प्रशिक्षण दिने उद्धेश्यले कार्यक्रम गरिएको आयोजकले जनाएका छन् ।
पछिल्लो समय बैदिक सनातन धर्ममाथि आक्रमण गर्ने र यसका विरुद्ध अफवाह फैलाउने षडयन्त्र भईरहेकाले जागरण अभियान चलाउनु परेको पनि आयोजकहरुको धारणा रहेको छ ।





प्रतिक्रिया दिनुहोस्