
काठमाडौं, पुष २१ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा भ्रष्टाचार गरेको भन्दै कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विष्टले ६ करोड ८७ लाख बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको अख्तियारको दाबी छ ।
विष्टले सामुदायिक वन उपभोक्ता समुहका साधारण सदस्यहरु र पदाधिकारीहरुले किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एक भन्दा धेरै वन उपभोक्ता समुहमा सदस्य बनाई कार्यक्रम अन्तर्गत रुख कटान गर्ने कार्यमा संलग्न रहेको आरोप पत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्