
विराटनगर, माघ २४ । विराटनगर–१२ बखरीको उखुबारीमा शुक्रबार एकजना युवतीको शव फेला परेको छ ।
घाँटीमा सलले बेरेर हत्या गरेको अवस्थामा युवतीको शव फेला परेको मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।
अन्दाजी २४/२५ वर्षीया देखिने युवतीको घाँटीमा चोट देखापरेको छ । थापाका अनुसार उखु काट्न गएका मजदूरले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । तराई मूलको जस्तो देखिने ती युवतीको पहिचान खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्