
काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सयले घटेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज २५ रुपैयाँले घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्