
काठमाडौं । जाडोमा बुढाबुढी र गर्मीमा केटाकेटीको विशेष सुरक्षा गर्नुपर्छ भन्ने मान्यता छ । त्यसै आहान बनेको होइन, ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको ।’ सरकारी संरक्षणमा पशुपतिको पञ्चदेवलमा राखिएका वृद्धवृद्धाका मिश्रित गुनासा छन् । कहिले मनभरी पिडा लिएर भक्कानिन्छन त कहिले सबै पीडा बिर्सिएर छमछम नाच्छन् । कतिको त अघाउन्जेल मासु खान नपाएको गुनासो पनि रहेछ ।
पुसको कठ्याङ्ग्रिदो जाडोमा अरुको आश्रयमा जीवन गुजारिरहेकी एक वृद्धाको आवाज हो यो । पशुपति वृद्धाश्रममा रहेका अधिकांश वृद्धवृद्धालाई माघको जाडोले लैजाला कि भन्ने चिन्ता छ । वृद्धाश्रममा १ सय ६५ वृद्ध र ३७ वृद्धा छन् । उनीहरुको दिनचर्या पारिलो घामको आसमा वित्छ । घाम नलागेका दिन चिसो कोठामा तातोको जोहोको दबाब रहन्छ । जोरपाटी घर भएकी यी वृद्धाको घरजग्गा आफनै भाइले हडपेपछि पत्नीसहित वृद्धाश्रम यात्रा सुरु भएको थुप्रै भइसक्यो । पर्याप्त सम्पति हुँदाहुँदै पनि आश्रममा पुगेका उनीहरुको आङमा कहिल्यै सुखको घाम लाग्न सकेको छैन ।
वृद्धाश्रममा बसेका उनीहरु एकअर्काको मुख हेरेर चित्त बुझाउने गरेका रहेछन् । खाना खाने समयमा एकैठाउँ भेला हुने परम्पराले झन उनीहरु मनको भारी हलुंगो भएको महसूस गर्दा रहेछन् । कतिपयलाई मासु खान नपाएको गुनासो छ ।
शारिरिक रुपमा अशक्त पोषणयुक्त खानाको साटो बृद्धाश्रमले जे दियो त्यही खाएर पेट भर्न विवश थिए । उनी खानाको बदला अलिकति चिउरा भए मन आनन्द हुने गुनासो गर्दै थिए । त्यहाँका बुढाबुढीको गुनासो, अवस्था र उनीहरुको मनोविज्ञानबारे वृद्धाश्रम प्रमुख भने यसो भन्छन्, ‘एक दिन बनभोज कार्यक्रमका लागि मात्र मन्त्रालयले मासु खान दिने रहेको छ ।’ नियमित मासु खुवाउने व्यवस्थाका लागि मन्त्रालयमा पहल गर्नु पर्ने उहाँले बताउनु भयो ।
कोरोना संक्रमणको कारण परोपकारी काम गर्नेहरुले यहाँ प्रवेश पाउँदैनन । जसको मार यहाँ आश्रित वृद्धवृद्धालाई परेको छ । खाना, नाना र छानाको पिरलोमा परेको यो समुदायको आवाजलाई सम्मान गर्नु परम कर्तव्य हो । त्यसतर्फ वृद्धाश्रम प्रशासन गम्भीर हुनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्