
इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसमा रुपान्तरणको सुरुवात भएको बताउनुभएको छ ।
बिहिबार नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै उहाँले कांग्रेस नेतृत्वमा युवाहरूको आगमनले रूपान्तर सुरु भएको बनाउनुभयो ।
शर्माले महाधिवेशनमा पराजय भोगेका नेताहरू असक्षम भएका नभइ लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको बताउनुभयो । उहाँले यो आन्तरिक लडाईं भएकाले हार र जित नभएको बताउनुभयो ।
कांग्रेस रुपान्तरित भएर गएको भन्दै महामन्त्री शर्माले अब आधुनिक कांग्रेस बन्नेमा ढुक्क हुनसमेत कार्यकर्तालाई अनुरोध गर्नुभयो । बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको उहाँको भनाइ छ ।
‘निष्ठा, जिम्मेवारी, विनम्रता र संयमताका साथ काम गर्दै जानेछौं,’ उहाँले भन्नुभयो, ‘रुपान्तरित कांग्रेस भएर देश समक्ष राख्नेछौँ ।
आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सक्ने तागतको रुपमा बदल्ने शर्माको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्