
काठमाडौं, पुष २२ । पुस २५ गतेदेखि हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ ।
गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ समिटका लागि प्रधानमन्त्री देउवालाई पनि बोलाइएको थियो ।
गुजरातमै प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम तय भएको थियो । कोरोना संक्रमण बढेपछि गुजरात सरकारले ‘भाइब्रेन्ट गुजरात’ समिट स्थगित गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यक्रम स्थगित भएसँगै भारत भ्रमण रद्द भएको छ । भारतमा पछिल्लो समय कोरोना भाइरसको तेस्रो लहर चलिरहेको छ । केही दिनअघिसम्म पाँच हजारभन्दा तल रहेको भारतको दैनिक कोरोना संक्रमण ओमिक्रोन भेरियन्ट आएसँग बढिरहेको छ ।
गुजरातमा बुधबार ३ हजार ३ सय ५० मानिसमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । भाइब्रेन्ट गुजरातमा विभिन्न देशका सरकार प्रमुख, मन्त्री, विभिन्न कम्पनीका सिइओहरू सहभागी हुने कार्यक्रम तय थियो ।
प्रतिक्रिया दिनुहोस्