२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता, राजनीतिक घटनाक्रम, कोरोना रोकथामबारे छलफल


208
Shares

काठमाडौं, पुष २२ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार साँझ एक घण्टा भएको भेटमा प्रधानमन्त्री देउवाले पछिल्ला राजनीतिक घटनाक्रम, कोरोना भाइरस रोकथाम, समसामयिक परिस्थितिबारे भण्डारीलाई जानकारी गराउनु भएको छ ।

स्रोतका अनुसार देउवाले राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभामा प्रतिपक्षी नेकपा एमालेले गरिरहेको अवरोध खुलाउने विषयमा सहजीकरण गरिदिन आग्रह गर्नुभएको छ ।

बिहीबार बिहान बालुवाटारमा भएको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा दलका नेताहरूले प्रधानमन्त्री देउवालाई संसदमा जारी अवरोध खुलाउने विषयमा पहल लिन आग्रह गरेका थिए ।