१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण श्रम निर्यात : अर्थमन्त्री शर्मा


273
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण श्रम निर्यात रहेको बताउनुभएको छ ।

नेपाल निर्यात परिषद् (इकोन) को २४ औं साधारणसभा तथा छैठौँ निर्यात दिवसको कार्यक्रममा उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्नु नै समस्याको समाधान हुने बताउनुभयो ।

वस्तु निर्यात गर्नु पर्नेमा नेपालले श्रमिक निर्यात गरिरहेको भन्दै उहाँले सरकार र निजी क्षेत्रले हातेमालो गरेर उत्पादनको क्षेत्रमा अघि बढ्नुपर्छ भन्नुभयो ।

व्यापार घाटा न्युनिकरणका लागी रोजगारी सिर्जना र उत्पादनशील क्षेत्रमा लगानी आवाश्यक रहेकोमा उहाँको जोड थियो ।