
तेह्रथुम । नेकपा (एमाले) तेह्रथुमको ११औं अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षमा निर्वाचन क्षेत्र नम्बर (क)का सांसद लक्ष्मण तिवारी र निर्वाचन क्षेत्र नम्बर (ख)का सांसद तेजमान कन्दङवाले उम्मेदवारी घोषणा गरेका छन् ।
६ वटै पालिकाहरू सर्वसम्मत नेतृत्व चयन गरेको एमाले तेह्रथुमको जिल्ला अधिवेशनमा भने दुई जनाको दाबी गरेका हुन् । तिवारीले जिल्ला अध्यक्ष तथा प्रदेशनम्बर १ को उद्योग वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ ।
त्यस्तै कन्दङवा जिल्लाको पूर्व अध्यक्षको जिम्मेवारी लिइसक्नुभएको छ । जिल्ला नेतृत्व अन्तिम समयसम्म पनि सर्वसम्मति नयाँ कमिटी चयनमा जुटिरहेको प्रचार विभाग प्रमुख तथा कार्यालय सदस्य छत्र रिमालले जानकारी दिनुभयो ।
जिल्ला अधिवेशनबाट ८५ जना भूगोलतर्फ र ५ जना पदाधिकारीहरू निर्वाचित हुने भएका छन् । अधिवेशनका लागि ६ वटंै पालिकाहरूबाट ५ सय ५० जनाप्रतिनिधि छनोट भएका छन् । शुक्रबारदेखि सुरु हुने अधिवेशन शनिबार सम्पन्न हुनेछ ।
प्रतिक्रिया दिनुहोस्