
दाङ, पुस २३ । दाङको तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरु माघ ३ गतेसम्मका लागि पूर्ण रुपमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण दर फैलिएपछि शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठक बसी यस्तो निर्णय गरेको हो ।
सामुदायिक विद्यालयमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेपछि पठनपाठन बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
बुधबार र बिहिबार गरीएको परिक्षणमा तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालय गरी ५ वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो । तुलसीपुरमा ५ दिनको अवधिमा ८४ जनामा कोरोना पुष्टि भएको छ ।
तुलसीपुर क्षेत्रमा सामुदायिक ८३ र निजी विद्यालय ६८ वटा छन् ।

प्रतिक्रिया दिनुहोस्