
एजेन्सी । भारतमा शुक्रबार पछिल्लो सात महिना यताकै सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् ।
शुक्रबार एकै दिन १ लाख १७ हजार जनामा संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एक सातामा संक्रमितको संख्या पाँच गुणा बढेको पनि अधिकारीहरुले बताएका छन् । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ सय २ जनाको मृत्यु भएको छ ।
संक्रमितहरु अधिकांशमा ओमिक्रोन पुष्टि भएकाले संक्रमणले भयावह रुप लिने र अस्पतालहरु भरिभराऊ हुनसक्ने चिन्ता बढेको छ । राजधानी दिल्लीसहित ठूला शहरहरुमा रात्रीकालिन कफ्र्यु लगाईएको छ भने आजदेखि सप्ताहन्त कफ्र्यु पनि लागू गरिएको छ ।
देशैभर मास्क अभियानलाई कडाई गरिएको छ भने स्कुल र कलेजहरु लगभग बन्द गरिएको छ । तर अस्पताल भर्ना भएकाहरुमा मध्यम असर देखिएकाले डाक्टर नर्सहरु दोस्रो लहरको जस्तो भयावह अवस्था नआउला भन्नेमा आशावादी देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्