
काठमाडौं, पुस २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले विकासको आकांक्षा हासिल गर्न गुणस्तरीय उत्पादन चाहिने र यसका लागि गुणस्तरीय जनशक्ति आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कर्पाेरेट क्षेत्रमा पुर्याएका व्यक्तिलाई गरिने सम्मान एचआरएम अवार्ड कार्यक्रममा प्रधानमन्त्री देउवाले मुलुक विकासोन्मुखबाट विकासशील गतिमा अघि बढिरहेकोले विकासको बहस अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
ग्रोथ सेलर्सले गरेको अवार्ड वितरण कार्यक्रममा लाईफ टाईम अचिभमेन्ट अवार्ड लक्ष्मी ग्रुपका गणेश बहादुर श्रेष्ठलाई प्रदान गरिएको छ । यस्तै कर्पाेरेट एक्सिलेन्स अवार्डबाट डा. सन्दुक रुईत, काठमाडौं युनिभर्सिटीका सुरेशराज शर्मा र डा. भगवान कोइरालालाई सम्मान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्