
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन आगामी जेठ १५ गते हुने भएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा आज सम्पन्न १५ औँ कार्यसमिति बैठकले आगामी जेठ १५ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।
निर्वाचनमा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
बैठकले शुक्रबार वार्षिक रूपमा गर्दै आएको खेलाडी सम्मानका लागि अध्यक्ष कर्माछिरिङ शेर्पाको संयोजनमा चार उपाध्यक्ष रहने गरी पाँच सदस्यीय छनोट समिति गठन गर्नुका साथैै ‘ए’, ‘बी’ र ‘सी’ डिभजन लिग खेल्ने क्लबलाई तयारी स्वरूप दिइँदै आएको रकममा दुई लाख ५० हजार थप गर्ने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्