
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँमा नागरिकता लिन आउनेको भिड बढेको छ ।
नागरिकता लिन आउने सेवाग्राही बढेपछि कर्मचारीलाई पनि भ्याइनभ्याई भएको छ ।
पछिल्लो समय दैनिक एक सय भन्दा बढी सेवाग्राही नागरिकता लिन र ५० वटा जति प्रतिलिपि बनाउन आउने गरेको प्रशसासनको तथ्यांकमा देखिएको छ ।
साउन यता छ हजार पाँचसय जनाले नागरिकता लगेको जिल्ला प्रसासन कार्यालय तनहुँले जनाएको छ ।
अब छिटै नै चुनाव घोषणा हुने र मतदाता परिचय पत्र पनि बनाउन नपाइने हुनाले गाउँबाट जनप्रतिनिधिहरुले पठाएका कारण पनि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिडभाड बढेको प्रसाशकीय अधिकृत रिसिराम सुवेदीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्