
काठमाडौं । प्रदेश–२ मा कोरोनाको ग्राफ उकालो लाग्दै जाँदा खोप लगाउनेको संख्या भने निराशाजनक देखिएको छ ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश २ का जिल्लाहरूमा पनि देखिन थालेको छ ।
सरकारले २०७८ पुस मासन्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकामा पुसको अन्तिम साता बित्नै लाग्दा ३८ प्रतिशतले मात्र खोप लगाएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो प्रदेशमा पूर्ण डोज लगाउनेको संख्या ३८ प्रतिशत मात्र छ भने एक डोज लगाउनेको संख्या करिब ५० प्रतिशत छ ।
सर्लाहीमा ४६ प्रतिशत, धनुषा, सप्तरी, बारा र पर्सामा ३८, सिरहामा ३७, रौतहटमा ३५ र महोत्तरीमा ३२ प्रतिशतले मात्र पूर्ण डोज खोप लगाएको निर्देशनालयले जनाएको छ ।
पुस महनिाभित्र ६६ प्रतिशतलाई खोप लगाइसक्ने सरकारको लक्ष्य पूरा गर्न दैनिक एक लाख २९ हजार ३ सय ४२ जनालाई खोप लगाउनुपर्नेमा अहिले दैनिक २२ हजार ३ सय ४६ जनालाई मात्र खोप लगाइरहेका छन् ।
यही गतिमा खोप अघि बढिरहे कोरोनाको तेस्रो लहर आउँदासम्म ५० प्रतिशतलाई पनि खोप लगाउन सक्ने अवस्था देखिएको छैन ।
स्थानीय तहका जनप्रतिनिधिहरूले पनि खोप अभियानलाई गम्भीरतापूर्वक नलिँदा खोप कार्यक्रम प्रभावकारी हुन नसकेको निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्